×

भरतपुरमा असी हजार मत गणना हुँदा रेनु दाहाल छ हजार ५७० मतले अग्रता

images

भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । असी हजार १० मत गणना हुँदा पाँच दलीय गठबन्धनले आफ्नो अग्रता कायमै राखेको हो ।

गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले छ हजार ५७० मतले अग्रता लिनुभएको छ भने उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ४८३ मतले अग्रता लिनुभएको छ । दाहालले ३१ हजार २४३  मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २४ हजार ६७३ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार तीन मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उपप्रमुखमा अधिकारीले ३३ हजार ६५३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १९ हजार १७० मत प्राप्त गर्नुभएको छ । भरतपुरमा हालसम्म वडा नं १६ सम्मको गणना सम्पन्न भइसकेको छ ।  महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा रहेका छन् ।

शनिबार ७ जेठ २०७९ ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया