×

कवि राजेश ढुंगानाको कविताकृतिमाथि परिचर्चा

images


काठमाडौं । कवि राजेश ढुंगानाको कविताकृति ‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा सम्पन्न भएको छ 

शनिबार सर्वनाम नाट्य घरमा आयोजित कार्यक्रममा प्रा.डा. कुमारप्रसाद कोइरालाले कवितामाथि बोल्दै सुकिला मान्छे अरू कोही नभई सत्तामा बसेकाहरू नै भएको बताए । डा. कोइरालाले भने, “वाक्यलाई काव्य बनाउनु चानचुने कुरा होइन । यस कृतिका कवितामा कविले आक्रोश र विद्रोह ओकलेका छन् ।”
प्रा.डा. सावित्री कक्षपतिले कृतिभित्रका ५५ वटा कवितामध्ये केही कविताहरू अत्यन्त सशक्त रहेको बताइन् ।

उनले केही कविता यति सशक्त छन्, तिनले हरेकलाई घोत्लिन बाध्य बनाउछ । दशकअघि लेखिएका कविताले आजको कथा बोलिरहेको उनको भनाइ थियो ।
साहित्यकार अशेष मल्लले राजेशको राजनीतिक र काव्यिक सक्रियताको चर्चा गर्दै उनीभित्रको आवेग र आक्रोशको बाछिटा उनका कवितामा भेटिने गरेको बताए ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित परिचर्चा कार्यक्रममा कवि ढुंगानाले आफ्ना पाँच कविता वाचन गरेका थिए भने प्रमोद प्रधान, मीना ढुंगाना, श्रीओम रोदन र देविका तिमिल्सिनाले बोलेका थिए ।  

आइतबार​ ७ जेठ २०८० ०९:३५ AM मा प्रकाशित

प्रतिक्रिया