×

छानबिन समिति गठन

images

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्दै सात दिनको समय दिइएको मन्त्रालयले जनाएको छ । उक्त औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा आज बिहान १० बजे उद्योगको फिलिङ प्लान्टमा विस्फोट भएको थियो । 

 विस्फोट लगतै मन्त्री बडू, सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयका उच्च पदाधिकारीले तत्काल घटनास्थलमा पुगी घाइतेसँग भेटघाट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै मृतकका परिवारका सदस्यसँग भेटघाट गरी समवेदना व्यक्त गर्नुभएको थियो ।

उद्योगमा भएको विस्फोटको कारण हुन गएको क्षतीका बारेमा जानकारी लिदै मन्त्री वडूले मृतकका परिवारलाई तत्काल राहत र घाइतेहरुको उपचार खर्च नेपाल सरकारबाट उपलब्ध गराउने बताउनुभएको थियो । उहाँले उद्योगले अक्सिजन आपूर्ति गरिरहेका निकायलाई अक्सिजन ग्यासको सहज आपूर्तिको निरन्तरताका लागि ग्यास उत्पादन सङ्घलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।

बिहीबार ८ बैशाख २०७९ १०:५७ PM मा प्रकाशित

प्रतिक्रिया