×

प्रत्येक पालिकामा निर्वाचन कार्यालय

images

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आउने भएका छन् ।
    
पोखरा महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ«े, रुपा र मादी गाउँपालिकामा आजदेखि निर्वाचन कार्यालय खोल्ने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । 

पोखरा महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई हुनुहुन्छ भने अन्नपूर्णमा विष्णुप्रसाद आचार्य, मादीमा दुर्गाप्रसाद भट्टराई, माछापुच्छ«ेमा नवराज दङगाल र रुपामा रुद्रप्रसाद सुवेदी निर्वाचन अधिकृत हुनुहुन्छ । 

निर्वाचनको तयारीलाई तीव्र पारिएको बताउँदै सूचना अधिकारी न्यौपानेले सामग्री तथा जनशक्ति व्यवस्थापनका काम भइरहेको जानकारी दिनुभयो । निर्वाचनमा उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा उम्मेदवार टुङ्गोमा पु¥याउन दलहरू आ–आफ्नो तयारीलाई तीव्र बनाएका छन् । 

बिहीबार ८ बैशाख २०७९ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया