×

७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

images

 यही वैशाख ३० गते हुने पालिका चुनावका  लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आज बिहीवार भएकाे नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयाे ।

उहाँले अब पालिकाको चुनाव नरोकिने बताउँदै शङ्का नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगको कार्यालयमा आज सञ्चारकर्मीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावको तयारी अन्तिम चरणमा पुगेको भन्दै वैशाख ३० गते जसरी पनि चुनाव हुने दाबी गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयमा चुनावका लागि आवश्यक सामग्री पुर्‍याउने काम पनि भइरहेको उहाँले बताउनुभयो ।

वैशाख ३० गते हुने पालिका चुनावका लागि आउँदाे ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

बिहीबार ८ बैशाख २०७९ ०५:१३ PM मा प्रकाशित

प्रतिक्रिया