×

मधेस प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झ¥यो

images

मधेस प्रदेशमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झरेको छ । केही दिनदेखि निरन्तर घट्दै गएको कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या मधेस प्रदेशमा चार जना मात्र छन् । चारै जना होमआइसोलेशनमा रहेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना महामारी सुरु भएयता मधेस प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकामा ४० हजार ३५१ जना उपचारपश्चात निको भएर घर फर्किएका छन् । सङ्क्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ गरी एक हजार ६२ जनाको मृत्यु भइसकेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै मधेस प्रदेशमा करिब ७३  प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार तथा स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिनुभयो ।

बिहीबार ८ बैशाख २०७९ १२:५५ PM मा प्रकाशित

प्रतिक्रिया