×

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट : एक जनाको ज्यान गयो, सात जना घाइते

images

ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ । अरु ७ जना घाइते भएका छन् ।

औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहान विष्फोट भएको र अहिले उद्धारको काम चलिरहेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

बिहीबार ८ बैशाख २०७९ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया