×

मण्डनदेउपुर नगरपालिकामा खोप र प्रसुति केन्द्र

images

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पायक पर्ने स्थानबाट सेवामा पहुँच पु¥याउन थप दुई वटा खोप र एउटा प्रसूति केन्द्र स्थापना गरिएको छ । 

नगरपालिकाको विकट क्षेत्र वडा नं १ को बालुवापाटी र वडा नं ५ को गैह्रिविसौना देउपुरमा खोपकेन्द्र स्थापना गर्नुका साथै वडा नं २ को चुरीथुम्कामा प्रसूति केन्द्र स्थापना गरेको छ । नगरपालिकामा सात वटा स्वास्थ्यचौकी र पाँच वटा आधारभूत स्वास्थ्य केन्द्र  छन् र  अहिले ग्रामीण क्षेत्रका बालबालिका तथा महिलाको स्वास्थ्य सेवालाई ध्यानमा राखेर थप दुई वटा खोप केन्द्र र एउटा प्रसूति केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताउनुभयो । 

नगरपालिका भएपछि तीन वटा सहरी क्लिनिक थप गरिएको घिमिरेको भनाइ छ । स्थापना गरेको खोपकेद्रमा बालबालिकालाई लगाउने नियमित खोप कार्यक्रम र कोभिड १९ विरुद्धको खोपसमेत सञ्चालन हुनेगरी सेवा प्रवाह हुनेछ । सो क्षेत्रमा स्थापना गरेको केन्द्रमा आवश्यक सामग्री र जनशक्तिसहित सेवा सुरु गरेको घिमिरेले बताउनुभयो । अब बाँकी आवश्यक रहेको ठाउँमा पनि खोपकेन्द्र निर्माणको अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

वडा नं १ का वडाध्यक्ष लक्ष्मणप्रसाद बस्ताकोटीले स्वास्थ्य नै जीवन भएकाले स्वास्थ्य क्षेत्रको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । भूगोलको हिसाबले पनि निकै कुनामा रहेको बस्तीका समुदायलाई नजिकैबाट सेवा पु¥याउनका लागि माथिल्लो चुरीथुम्कालाई छनोट गरेर खोपकेन्द्र स्थापना गरेको उहाँले बताउनुभयो ।

त्यस्तै वडा नं २ का वडाध्यक्ष केशवप्रसाद तिमल्सिनाले स्वास्थ्य संस्थाको भवन बनाउनुअघि धेरै पहिलादेखि नै रहेको एउटा पाटीमा बसेर सेवा दिने गरेकोमा अहिले भवन बनेपछि थप सुविधा उपलब्ध भएको बताउनुभयो । 

वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद ढकालले प्रसूति केन्द्र र खोपकेन्द्र स्थापना भएपछि गाउँका अप्ठ्यारा बाटामा उकालो ओरालो हिँडेर टाढाको बाटो गएर जाँच गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भन्नुभयो । मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईबाले नगरपालिकाको नेतृत्व सम्हालेर आएदेखि नै स्वास्थ्य र शिक्षाको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । नगरप्रमुख वाईबाले १२ वडामा अहिलेसम्ममा जम्मा ७ वडामा स्वास्थ्य केन्द्र रहेको बताउँदै अब बाँकी रहेका वडामा भवन निर्माणको काम भइरहेको र सो संस्थामा आवश्यक कर्मचारी दरबन्दी नभएको कारण त्यसको लागि नगरपालिकाले एक÷एक जना अनमी, सिएमए र एउटा कार्यालय सहयोगीलाई करारमा राखेर सेवा दिने काम छिट्टै सुरु गर्न लागेको बताउनुभयो ।

सोमबार ९ फागुन २०७८ ०३:११ PM मा प्रकाशित

प्रतिक्रिया