×

जापानको होक्काइडोमा हावाहुरी र भारी हिमपात, ६८३ रेल र १३६ उडान रद्द

images

काठमाडौं। जापानमा तीव्र हावाहुरी र भारी हिमपातका कारण रेल तथा हवाइ सेवा अवरुद्ध भएको छ। जापानका सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार सोमवार होक्काइडोमा हावाहुरी र भारी हिमपातका कारण ६८३ रेल तथा १३६ उडान रद्द गरिएको छ

न्यू चिटोज एयरपोर्टमा अवतरण गर्ने र उडान भर्ने तयारीमा रहेका तथा स्थानीय उडान पनि रद्द भएको एनएचकेले उल्लेख गरेको छ।

न्यून चापिय क्षेत्रमा कम-तापमानका कारण देशको उत्तरी भागमा चर्को हावासँगै भारी हिमपात भएको मौसम विभागले जनाएको छ। होक्काइडोमा सोमवार बिहान १३८ फिट प्रति सेकेन्डको हावाको गति मापन गरिएको थियो।

तीन घण्टामा सो क्षेत्रमा ९ इन्चसम्म हिउँ परेको थियो। सो टापुको राजधानी सापोरो शहरलगायत धेरै क्षेत्रमा ३८ इन्च सम्म हिमपात भएको थियो।

त्यहाँका सञ्चार माध्यमहरुका अनुसार अबको २४ घण्टामा जापानका उत्तरी र उत्तर-पूर्वी क्षेत्रमा १९ देखि २७ इन्चसम्मको हिमपान हुन सक्ने बताएका छन्।

सोमबार ९ फागुन २०७८ ०१:३७ PM मा प्रकाशित

प्रतिक्रिया