×

अपाङ्गता भएका दाजुभाईलाई सहयोग

images

अपाङ्गता भएका यहाँको एकै परिवारका दुई भाईलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । स्याङ्जाको वालिङ–९ पीपलटारीस्थित लीला राउत क्षेत्रीका दई छोरालाई काठमाडौँस्थित मानव सहायता समूहले रु एकलाख १० हजार प्रदान  गरेको हो ।

    उक्त समूहमा आबद्ध तथा देशविदेशमा रहेका टिकटक प्रयोगकर्ताले टिकटक प्रयोग गरेबापत सङ्कलन भएको रकम अपाङ्गता भएको परिवारलाई घरमै पुगेर हस्तान्तरण गरिएको समूहका अध्यक्ष टीकाप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

    आफ्ना तीन सन्तानमध्ये जेठो र कान्छो छोरा जन्मैदेखि अपाङ्गता रहेको आमा लीलाले बताउनुभयो । “आफ्नो सन्तानको माया लाग्छ, उनीहरुको स्याहार गरेर बस्नुपर्छ, एकैछिनपछि छोडेर हिड्न मिल्दैन”, उहाँले भन्नुभयो, “जन्मैदेखि अपाङ्ग छन् बोल्न सक्दैनन्, खुवाइदिने र दिसापिसाब पनि हामीले नै गराइदिनुपर्छ ।” जेठो २२  र कान्छो १३ वर्षका छन् ।

सोमबार ९ फागुन २०७८ ०१:१० PM मा प्रकाशित

प्रतिक्रिया