×

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन सर्वोच्चको आदेश

images

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश दिएको छ । 

प्रसाईंका छोरा निराजन प्रसाईले मंगलबार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको हो । 

प्रसाईलाई सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो ।  शान्ति व्यवस्थामा खलल पुर्याएको कसुरमा प्रसाईंलाई पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप भएको छ ।

बिहीबार ५ मंसिर २०८२ ०६:३३ PM मा प्रकाशित

प्रतिक्रिया