×

“लाहुरे” गीत सार्वजनिक

images

 

काठमाण्डौं ।गायक हिरण थापा र संगीता सुनारको स्वरमा रहेको “लाहुरे” गीतको भिडियो सार्वजनिक भएको छ । हिरण थापाको शब्द तथा दिल सिंह र सुस्लिङ मगरको लय सिर्जनामा रहेको गीतमा माया र प्रेम लाई कलात्मक रुपमा समेटिएको छ ।

सुरज खनालको छायाँकन , पदम सुवेदीको सम्पादन तथा हिरण थापाको निर्देशन भिडियोमा रहेको छ । “लाहुरे” गीतको भिडियोमा सुमन थापा , विरेन्द्र थापा मगर , रेजिना थापा  , सजिना गुरुङ, निसा मगर लगायतको अभिनय रहेको छ ।

बुधबार ३ असोज २०८० ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया