×

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा, संगठनको नाम फेर्ने तयारी 

images


काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को केन्द्रीय समिति बैठकले २३ औं राष्ट्रिय सम्मेलन आगामी माघमा गर्ने निर्णय गरेको छ । 
अखिल (क्रान्तिकारी) ले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिको सातौं पूर्णबैठकको निर्णय सार्वजनिक गरेको हो । राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने बताइएको छ ।  
अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनको नारा ‘राष्ट्रिय स्वाधीनता र शैक्षिक अधिकारका लागि हाम्रो आन्दोलन ! समाजवाद र समाजवादी शिक्षाका लागि २३ औं राष्ट्रिय सम्मेलन !!’ रहेको छ । 
 

बुधबार ३ असोज २०८० ११:११ AM मा प्रकाशित

प्रतिक्रिया