×

लघुकथाकार रेणु अधिकारी ‘मौनता’को ‘एक पोल्टो बादल’माथि अन्तरक्रिया

images

काठमाडौं । लघुकथाकार रेणु अधिकारी ‘मौनता’को ‘एक पोल्टो बादल’माथि अन्तरक्रिया सम्पन्न भएको छ ।

लघुकथा समाज नेपालद्वारा बिहीबार आयोजित कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले विधा जति सानो हुन्छ लेख्नलाई त्यति नै कठिन हुने बताए । उनले लघुकथा लेख्न सजिलो नहुने बताउँदै कथामाजस्तै लघुकथामा पनि आख्यान तत्व हुनुपर्नेमा जोड दिए ।

साहित्यकार तुलसीहरि कोइरालाले कृतिमा संग्रहित कथाहरूको चर्चा गर्दै पहिलो कृति भए पनि अधिकारीका लघुकथा मनछुने खालको बनेको बताए । तथापि, उनले लेखकलाई लेखनमा केही सुधार गर्न सुझाए ।  

निबन्धकार तथा लघुकथाकार श्रीबाबु कार्कीले कृतिमाथि टिप्पणी गर्दै अधिकारीका लघुकथाहरूमा वर्तमान समाजको चित्र कोरिएको बताए । उनले कृतिभित्र देखिएका कमीकमजोरीहरू औँल्याए ।

 

 

 कार्यक्रममा बिशेष अतिथी टोखा नगरपालिकाका नगर प्रमुख  प्रकाश अधिकारी, भाषा आयोगका सदस्य तथा लघुकथा समाज नेपालका अध्यक्ष गोपाल अश्क,  समाजका सल्लाहकार श्रीओम श्रेष्ठ रोदन, लघुकथाकार अधिकारी र तारा केसीले बोलेका थिए ।

बिहीबार ४ साउन २०८० ०४:१३ PM मा प्रकाशित

प्रतिक्रिया