×

स्व. इरफान खानको अन्तिम फिल्म ‘द सङ अफ स्कर्पियन्स’ को ट्रेलर सार्वजनिक

images

काठमाडौं । दिवंगत भारतीय अभिनेता इरफान खानको अन्तिम फिल्म ‘द सङ अफ स्कर्पियन्स’ को ट्रेलर सार्वजनिक भएको छ । योसँगै फिल्म इरफानको तेस्रो पुण्यतिथिको ठीक एक दिन अगाडी अप्रिल २८ मा प्रदर्शन हुने भएको छ ।

फिल्म अगस्ट २०१७ मा स्विट्जरल्याण्डमा भएको ७० औं लोकार्नो फिल्म फेस्टिभलमा प्रिमियर भइसकेको थियो जहाँ, दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया पाएको थियो । इन्स्टाग्राममा फिल्मको ट्रेलर सार्वजनिक गर्दै इरफानका छोरा बाबिलले लेखेका छन् ‘प्रेम, जोश र विश्वासघातको हृदयविदारक कथालाई जीवित गर्दै ।’

यो फिल्मलाई अनुप सिंहले निर्देशन गरेका हुन् । इरफानको निधनपछि, निर्माताहरूले खुलासा गरेका थिए कि फिल्म पहिले थिएटरहरूमा सार्वजनिक हुने तयारीमा थियो । अब, करिब ६ वर्षपछि फिल्म सार्वजनिक हुन लागेको हो ।

इरफानसँगै फिल्ममा गोलसिफ्तेह फराहानी, वहिदा रहमान, शशांक अरोरा र तिलोत्तमा शोमको पनि अभिनय रहेको छ । एजेन्सी

बिहीबार ७ बैशाख २०८० १२:३८ PM मा प्रकाशित

प्रतिक्रिया