×

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

images

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री दाहाललाई भेट्न सभापति लामिछाने आज बिहान बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिका विविध विषयमा कुराकानी भएकाे बालुवाटार स्राेतले बताएकाे छ । 

माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड र लामिछानेबीच राष्ट्रपतिको चुनाव र चितवन २ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको एक नेताले बताए । राष्ट्रहितका विषयमा सत्ता गठबन्धनलाई बलियो बनाएर जाने विषयमा पनि छलफल भएको ती नेताले बताए ।  

लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि उनी नेतृत्वको पार्टी सरकारबाट बाहिरिसकेको छ । यद्यपि सरकारलाई भने रास्वपाले समर्थन कायमै राखेको छ ।

सोमबार ८ फागुन २०७९ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया