×

मिडियालाई औषधिमा छुट

images

मिडिया एलाइन्समा आबद्ध पत्रकार, कर्मचारी तथा परिवारका सदस्यलाई औषधि खरिदमा छुट दिइने भएको छ । हाम्रो फर्मा फार्मेसी प्याथल्याबको सेवा लिने प्रयोजनले मिडिया एलायन्स नेपाल र साधना हेल्थ प्रालिबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र हाम्रो फर्मा फार्मेसीका तर्फबाट साधना हेल्थ प्रालिका अध्यक्ष दिरेकलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौतानुसार हाम्रो फर्माले मिडिया एलायन्सका सबै कर्मचारी तथा पारिवारिक सदस्यलाई नेपालमा उत्पादित औषधिमा १५ र भारतीय औषधिमा १२ प्रतिशत छुट दिनेछ ।  

काठमाडौँ उपत्यकाभित्र हाम्रो फर्माले बिहान १० बजेसम्म औषधिको अर्डर पायो भने सोही दिन घरसम्म आपूर्ति गरिदिनेछ । हाम्रो फर्माले मासिकरूपमा डिजिटल माध्यमबाट नियमित औषधि सेवन गर्ने ग्राहकलाई ‘औषधि सकिन लाग्यो कि’ भन्ने व्यहोराको ‘रिमाइन्डर नोटिस’ पनि पठाउनेछ । यसले निमोनिया र फ्लु खोपका लागि विशेष छुट दिने सहमति जनाएको छ भने घरमै प्रयोगशाला परीक्षणको सेवा पनि उपलब्ध गराउने भएको छ । 

यसका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि छ । यसले सेवाग्राहीको घरमै गएर मधुमेहको फास्टिङ टेस्ट गर्ने र पीपी टेस्टका लागि सेवाग्राहीको कार्यालमै पुगेर परीक्षण गर्ने सहमति पनि भएको छ । यसबाट परीक्षणको रिपोर्ट सेवाग्राहीको चाहनानुसार इमेल, ह्वाट्सएप वा भाइबरबाट पठाउने प्रतिबद्धता जनाएको छ ।

मिडिया एलायन्स नेपालका सदस्यले ९८०१००९९७९ मा फोन गरेर, ह्वाट्सएप, भाइबर, मेसेन्जर वा वेबसाइट www.hamropharma.com मा भिजिट गरेर औषधि वा सेवाका लागि अर्डर दिन सक्ने जनाइएको छ । तर माथि भनिएका छुटका प्रावधानहरु पहिला नै छुटसहित घोषणा गरिएका विशेष प्याकेजमा भने लागू नहुने व्यवस्था छ ।

 सम्झौताका हस्ताक्षरकर्ता राजकर्णिकार र श्रेष्ठले कोरोना महामारीका बेला घर–घरमै औषधि आपूर्ति गर्ने हाम्रो फर्माको व्यवस्थाले सेवाग्राही र बिरामीले जोखिम मोलेर बजारसम्म निस्कनु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभएको छ ।

 नेपालका मूलधारका सञ्चारमाध्यमको छाता सङ्गठन मिडिया एलायन्समा  सदस्य मिडिया संस्था र त्यसभित्र कार्यरत स्टाफका परिवारका सदस्य गरी करिब २० हजार लाभान्वित हुने मिडिया एलाइन्सले जनाएको छ ।

आइतबार​ ८ फागुन २०७८ ०८:०७ PM मा प्रकाशित

प्रतिक्रिया