काठमाडौं। नेपाल बैंकर्स एसोसिएसनले नयाँ कार्यसमिति गठन गरेको छ। एसोसिएसनको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित भएका छन्। कोइराला यस अघि नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष थिए।
उनी तीन महिनाअघि मात्रै ग्लोबल आइएमई बैंकको सिइओ बनेका थिए । त्यस्तै, संघको रिक्त अन्य तीन सदस्य पनि निर्विरोध चयन भएका छन् ।
सदस्यहरूमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल चयन भएका छन्।
सिइओ खालिङ भने एक कार्यकाल पूरा गरेर दोस्रो कार्यकालका लागि चुनिएका हुन् ।
एसोसिएसनको नयाँ कार्यसमितिमा कोइराला अध्यक्ष, सुनिल केसी निवर्तमान अध्यक्ष, रेग्मी उपाध्यक्ष तथा सदस्यहरुमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नेपाल एसबीआइ बैंकका दिपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे प्राइम कमर्सियल बैंकका सचिव मानन्धर, एभरेष्ट बैंकका खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका खनाल र नेपाल बैंकका पाण्डे रहेका छन् ।
एसोसिएसनको सल्लाहकारहरूमा पूर्वअध्यक्षहरु नबिल बैंकका ज्ञानेन्द्र ढुङ्गाना र हिमालयन बैंकका अशोक राणा छन्।
प्रतिक्रिया