×

एमालेले बोलायो सचिवालय बैठक

images

काठमाडौँ । नेकपा एमालेले बिहीबार सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी एमाले सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र ११ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ । आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर प्रतिनिधि छनोट गर्दैछ ।

 

बुधबार ४ मंसिर २०८२ १२:३५ PM मा प्रकाशित

प्रतिक्रिया