×

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमा दफाबार छलफल

images


प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद  विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल भएको छ ।
 
आयुर्वेद शिक्षालाई राष्ट्रिय पहिचान र आवश्यकताअनुरुप विकास गरी आयुर्वेद शिक्षासम्बन्धी शिक्षालाई व्यवस्थित गर्न तत्कालीन सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक सदनमा पेश गर्नुभएको थियो ।

समितिको आजको बसेको बैठकमा सो  विश्वविद्यालयको प्रकृति, सङ्गठनात्मक संरचना, लगानी, अध्ययन अनुसन्धानका क्षेत्रलगायतका विषयमा सांसदहरुले धारणा राख्नुभयो । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विधेयक अहिलेको आवश्यकता भएकाले संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्र्ने विचार व्यक्त गर्नुभयो ।

 पूर्वशिक्षामन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का पोखरेल, नेकपा ९एमाले०का योगेश भट्टराई, सरिता न्यौपाने, नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले छलफलमा भाग लिनुभएको थियो ।

समितिका सभापति जयपुरी घर्तीले विधेयकलाई संशोधनसहित अर्को बैठकले पारित गर्ने जानकारी दिनुभयो ।

मङ्गलबार ३ साउन २०७९ ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया