×

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे, १ अर्ब १३ करोड रुपैयाँको कारोबार

images

 हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३७ दशमलव २७ अङ्कले घटेर एक हजार नाै सय ३४ दशमलव ११ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २३ वटा कम्पनीकाे ३६ लाख ६६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ४० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज रिभल फल्स पावर कम्पनीको शेयर साढे नाै अङ्कले र बलेफी हाइड्रोको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

आइतबार​ ५ असार २०७९ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया