×

आज तोलामा ५०० रुपैयाँले सुनको मूल्य घट्यो

images


काठमाडौं । आज शुक्रबार सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ आज तेस्रो दिन निर‍न्तर ओरालो लागेको हो।

चाँदीको भाउ भने निरन्तर दुई दिनदेखि स्थिर रहेको छ । जसअनुसार प्रतितोला एक हजार ३७० रुपैयाँ कायम रहेको छ ।

शुक्रबार​ ५ जेठ २०८० ०४:०१ PM मा प्रकाशित

प्रतिक्रिया