आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै

    images

    इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् ।

    मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

    लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ यसअघिका ६ खेलमा ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ ।

    समान खेलमा बेङ्ग्लोर ८ अङ्कसहित चौथो स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ७ रनले हराएको थियो ।

      मङ्गलबार ६ बैशाख २०७९ ११:३९ AM मा प्रकाशित

      प्रतिक्रिया