×

सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्ने

images

 पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बिहान साढे ११ बजे तय भएको बैठक दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले प्रधानमन्त्रीको अन्य कार्यक्रम परेकाले बैठक दिउँसो २ बजे सरेको जानकारी दिनुभयो  ।

गठबन्धनको सोमबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा चुनावी तयारी, तालमेललगायतका विषयमा भएको सहमतिलाई अन्तिम रुप दिइने बताएको थियो ।

महानगरपालिका र उपमहानगरपालिकाबारे हिजो नै टुंगो लगाइने बताइए पनि बैठकमा कुनै निष्कर्ष निस्कन सकेको थिएन ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी र गठबन्धन दलका शीर्ष नेताहरु सहभागी हुँदै आउनुभएको छ ।

 

 

मङ्गलबार ६ बैशाख २०७९ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया