×

उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

images

बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने भएका छन् । 

निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट आज मङ्गलवार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने भएका हुन् । 

न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने गरी बनाएको आचारसंहिताविरुद्ध परेको रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । 

मङ्गलबार ६ बैशाख २०७९ ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया