×

बझाङमा भूकम्पको धक्का महसुस

images

बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  

आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका  अनुसार बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । 

मापन केन्द्रकाअनुसार सैनपसेला केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अन्य  पहाडी जिल्लामा पनि महसुस गरिएको छ । क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला  प्रहरी कार्यालय बझाङले जनाएको छ।

मङ्गलबार ६ बैशाख २०७९ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया