×

ताल्हो सोनाम ल्होछार मनाउदै तामाङ समाज युएई

images

 फलेन्द्र बलम्पाकी मगर / दुबई 
युएई-१९ जनवरी " तामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचान” भन्ने मूल नाराका साथ समाजले हरेक वर्ष सोनाम ल्होछारलाई विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाउँदै आएको छ। सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्ष मात्र नभई धर्म, संस्कार, प्रकृति र पूर्वजप्रतिको सम्मान झल्किने पर्व हो। यस अवसरमा लामा गुरुहरूको आशीर्वचन, पूजापाठ, सामूहिक प्रार्थना, परम्परागत भेषभूषा, सांस्कृतिक नृत्य तथा मौलिक गीत–संगीतमार्फत समुदायको पहिचान उजागर गरिन्छ।

यस वर्ष मञ्जुश्री संवत् २८६२, ता ल्हो – सोनाम ल्होछार को पावन अवसरमा तामाङ समाज युएईले युएईका दुई प्रमुख शहर अबुधाबी र दुबई मा भव्य धार्मिक, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको जानकारी कार्यक्रम संयोजक नविन दोङ तामाङले दिए । 

अबुधाबीमा २४ जनवरी २०२६ का दिन सुडानी सोसल सेन्टर, अलफलाह मा आयोजना गरिनेछ। कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ। यस कार्यक्रममा धार्मिक विधि, तथा कलाकारहरूको सांगितिक प्रस्तुति हरु रहनेछन। २५ जनवरी का दीन दुबईको CLUB SK7, बर दुबई मा दिउँसो १ बजे अर्को कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा नेपालबाट आमन्त्रित तामाङ जगतका चर्चित फापारे गायक बैरागी मोक्तान, म्हेन्दोमाया गायिका रमिला पाख्रिन, तथा सेलो गायक प्रतीक मोक्तान लगायत युएईमा स्थापित तामाङ कलाकारहरूको आकर्षक प्रस्तुति हरु रहनेछ। परम्परागतदेखि आधुनिक शैलीसम्मका (सेलो, म्हेन्दोमाया, खाद्दोके) गीत–संगीतमा DJ Session समेत समावेश रहनेछ।

तामाङ समाज युएईले युएईमा रहेका सम्पूर्ण तामाङ समुदाय, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित भई धर्म, संस्कृति र पहिचानको यो साझा उत्सवलाई सफल बनाउन आग्रह गरेको छ।

सोमबार ६ माघ २०८२ ०३:२४ PM मा प्रकाशित

प्रतिक्रिया