×

नेपाल उसु महासंघको तेश्रो साधारणसभा तथा निर्वाचन सम्पन्न : अध्यक्षमा वीरबहादुर तामाङ्ग

images

काठमाण्डौं । नेपाल उसु महासंघको तेश्रो साधारणसभा तथा निर्वाचन काठमाण्डौंको गौशालास्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको छ । उक्त साधारणसभा माननिय कानुन न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङ्गको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

नेपाल उसु महासंघको तेश्रो साधारणसभामा देशभरका ५५ जिल्ला र बागमती, गण्डकि, कर्णाली, सुदुरपश्चिम र लुम्बीनी प्रदेशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साधारणसभाले वीरबहादुर तामाङ्गको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिको कार्यकाल चार वर्षको रहने छ ।

साधारणसभाले एकजना वरिष्ट उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष चयन गरेको छ । जस्को वरिष्ठ उपाध्यक्षमा दधिराम सिटौला (कोशी) र अन्य उपाध्यक्षहरुमा हरि थापा (कर्णाली), दुश्यान्त बस्नेत (सुदुरपश्चिम), नारायण गिरी (बागमती) र विक्रम लामा (गण्डकि) प्रदेशबाट रहेका छन् ।

त्यस्तै महासंघको नयाँ कार्यसमितिको महासचिवमा ल्हाक्पा छिरिङ्ग लामा (बागमती), उप–महासचिवमा राजेन्द्रकुमार श्रेष्ठ (बागमती), सचिवद्वयमा गोविन्द बहादुर शाही (कर्णाली) र निकेश श्रेष्ठ (बागमती) प्रदेशका रहेका छन् ।


त्यस्तै कोषाध्यक्षमा लानम लामा (बागमती) र सह–कोषाध्यक्षमा राजीव गुप्ता (सुदुरपश्चिम) बाट रहेका छन्। यसैगरि सदस्यहरुमा रामहरि त्रिपाठी, योगेन घिमिरे, वीरेन्द्र गहतराज, वलबहादुर वली (विश्वास), रति लामा, दीपलाल लामा, दिनेश भट्ट, मुरलीधर जोशी रहेका छन् ।

नेपाल उसु महासंघका अध्यक्ष वीरवहादुर तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा नेपाल एथलेटिक्स संघका अध्यक्ष तथा माननिय राजीव विक्रम शाह, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्सेर राणा, महासचिव दीपराज गुरुङ्ग, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ्ग, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव राजाराम दाहाल, राष्ट्रिय खेलकुद परिषदका खेलकुद प्रतियोगिता तथा योजना विभाग प्रमुख मधुसुधन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

सो साधारणसभाका प्रमुख अतिथि मन्त्री गुरुङ्गले उसु महासंघको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै अन्य संघका पदाधिकारीहरुले यस साधारणसभासँगै उसु महासंघको विवाद सदाको लागि समाप्त भएको चर्चा गरेका थिए ।

यसैगरि सोहि साधारणसभाले निकट भविष्यमै चीनको हाङझाउमा हुन गैरहेको १९ औं एशियाली खेलकुद प्रतियोगितामा निर्णायकको भूमिका निभाउन गईरहका प्रशिक्षकद्वय रतन बहादुर खाती (सान्सौं) र मन्जुर महर्जन (थाउलो) विधाका निर्णायकहरुलाई समेत विदाई गरेको थियो ।यी दुई प्रशिक्षकहरुलाई १९ औं एशियाडमा निर्णायकको भूमिका निभाउनको लागि महासंघले अन्तर्राष्ट्रिय उसु महासंघसङ्ग समन्वय गरि १४ वर्षपछि यस्तो अवसर जुराएको हो । यी दुई निर्णायकहरुको हवाई टीकट तथा सम्पूर्ण खर्च अन्तर्राष्ट्रिय उसु महासंघले उपलब्ध गराएको नेपाल उसु महासंघका नवनिर्वाचित महासचिव ल्हाक्पा छिरिङ्ग लामाले जानकारी गराएका छन् ।त्यस्तै सोहि साधारणसभाको अवसर नेपाल उसु महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने र सहभागिता जनाउने खेलाडी, टीम अफिसर तथा प्रशिक्षकलाई प्रशंसापत्रसहित सम्मान गरेको थियो। नयाँ कार्यसमितिको चयन पश्चात् महासंघका अध्यक्ष वीरबहादुर तामाङ्ग र महासचिव ल्हाक्पा छिरिङ्ग लामा १८ औं उसु एसियन उसु कंग्रेसमा सहभागिता जनाउन असोज ४ गते चीनको हाङझाउमा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


 

सोमबार १ असोज २०८० ११:०७ AM मा प्रकाशित

प्रतिक्रिया