×

शेयर बजार १८ अङ्कले बढ्याे, १ अर्ब ३१ कराेड रुपैयाँकाे काराेबार

images

शेयर बजार आज पनि बढेको छ । हिजो आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज साेमवार १८ दशमलव ०३ अङ्कले बढेर दुई हजार २९ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज व्यापार र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ११ कम्पनीको ३१ लख ४२ हजार कित्ता शेयर एक अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको नौ करोड ३४ लाख र एसियन लाइफ इन्सुरेन्सको सात करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज वरुण हाइड्रोपावर शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशत र इमर्जिङ नेपालको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि सानिमा लार्ज क्याप फन्डको शेयर सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले घटेको छ । 

सोमबार २ साउन २०७९ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया