×

राजधानीमा फोटो प्रदर्शनी 

images

 

काठमाडौं। अरुपण आर्ट ग्यालरी नेपालले 'Memories of Sydney (Australia) Travel को हिजो २०८० असार २ गते, काठमाडौंमा फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गर्‍यो ।

रमणीय महादेश अस्ट्रेलियाको सिड्नी, क्यानबरा, गोल्डकोस्ट, व्रिसबेन, कफ हार्वरलगायतका ठाउँहरुको भ्रमणका तस्वीरहरुको प्रदर्शन गरिएको हो । 

ग्यालरीकी कार्यकारी निर्देशक रिता खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सो प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो । 

प्रमुख अतिथि लेकालीले ूअस्ट्रेलिया भ्रमणको फोटो प्रदर्शनीले आफूले दुईपटक अस्ट्रेलिया भ्रमण गर्दाको अनुभूति ताजा भएको र यस्तो प्रदर्शनीले अस्ट्रेलिया नजानेहरुका लागि ूफोटो यात्राूको अनुभूति हुने बताउनु भयो ।ू 

आइतबार​ ३ असार २०८० ०९:२२ AM मा प्रकाशित

प्रतिक्रिया