×

निर्वाचनलाई  आवश्यक कर्मचारीको विवरण सङ्कलन

images

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कञ्चनपुरमा एक हजार ८०० कर्मचारी आवश्यक पर्ने देखिएको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक कर्मचारीको विवरण सङ्कलनका साथै छलफलमा जुटेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

“निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिका लागि छलफल भइरहेको छ”, जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज

त्यसैगरी आगामी बिहीबारभित्र यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी निर्वाचन कार्यालयको छ ।

 “निर्वाचन अधिकृतको कार्यालय नौ वटै पालिकामा रहन्छ”, प्रमुख जोशीले भन्नुभयो, “निर्वाचनसम्बन्धी सबैखाले तयारीमा हामी जुटेका छौँ ।” दुई लाख ९५ हजार ३५४ मतदाता रहेको कञ्चनपुरमा निर्वाचनका लागि ३४१ मतदान केन्द्र र १३२ मतदानस्थल तोकिएको छ ।

यहाँ निर्वाचनका लागि सुरक्षा निकायले निर्वाचन सुरक्षा लक्षित योजना ल्याउन आन्तरिक गृहकार्य थालिसकेका छन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा यहाँका नौमध्ये पाँच पालिकामा नेकपा एमाले र दुई÷दुई पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र विजयी भएका थिए ।
 

सोमबार ५ बैशाख २०७९ ०१:३३ PM मा प्रकाशित

प्रतिक्रिया