×

रुस–युक्रेन द्वन्द्वबारेमा छलफल गर्न आज अमेरिकी राष्ट्रपति र चिनियाँ बीच भेटघाट हुँदै

images

काठमाडौं : रुसले युक्रेनमा आक्रमण थालेको आज २३ दिन पुग्दैछ। यसबीचमा पहिलोपटक अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ सकमक्षीबीच यस बारेमा छलफल हुन लागेको छ।

शुक्रबार बाइडेन र सीबीच टेलिफोन वार्ता हुँदैछ जसलाई विश्वभर चासाको साथ हेरिएको छ।

न्युज एजेन्सी एएफपीका अनुसार बाइडेनले सीसँग रुसलाई आर्थिक तथा सैन्य सहायता नदिन आग्रह गर्नेछन्। यदी चीनले बाइडेनको आग्रह मानेन भने अमेरिकाले चीनविरुद्ध कदम चाल्ने बाइडेनले चेतावनी दिनेछन्।

अमेरिकाले युक्रेनलाई प्रत्यक्ष रुपमा सहयोग गरिरहेको छ। अमेरिकाले यक्रुेनलाई हतियार तथा अन्य आर्थिक सहायता दिने वचन दिइसकेको छ।

चीन भने रुस–युक्रेन द्वन्द्वमा चुप छ। यद्यपी चीनको झुकाव रुसतर्फ छ किनभने यसअघि अमेरिकाले राष्ट्रसंघमा अगाडि सारेको रुस विरोधी निन्दा प्रस्तावमा चीन तटस्थ बसेको थियो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनका अनुसार चीनले रुस–युक्रेन द्वन्द्वमा कसको पक्षमा हो भनेर स्पष्ट पार्नुपर्छ। चीनले युद्धले कहिल्यै समस्या समाधान हुन नसक्ने बताउँदै आएको छ।

यद्यपी अमेरिका यो चाहन्छ कि चीनले रुसको विरोध गर्नुपर्छ।

शुक्रबार​ ४ चैत २०७८ ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया