×

काठमाडौँ बासमती चामल’ बजारमा

images

 डोटी :  डोटीको पूर्वीचौकी गाउँपालिका ५ काँडामाण्डौंमा उत्पादन हुने बासमती चामल ‘काँडामाण्डौं बासमती चामल’ नामले ब्राण्डिङ्ग भएर बजारिकरण भएको छ । ‘खप्तड क्षेत्र घुमफिर गरौं, हेरौं अपि हिमाल, पटकपटक स्वाद लिउँ शुद्ध प्राङ्गारिक बास्नादार चामल’ नारा लिएर आएको काँडामाण्डौं बासमती चामल सुदूरपश्चिमको मुख्य बजार धनगढीदेखि काठमाडौंका केहि निश्चित स्थानमा उपलब्ध छ।

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था पूर्वीचौकी– ४ सानागाउँले किसानबाट चामल खरिद गरी प्याकेजिङ्ग गरेर बजारमा ल्याएको हो । कृषि ज्ञान केन्द्र डोटीको सहयोगमा सहकारी संस्थाले यस्तो काम थालेहो हो । 

कृषि ज्ञान केन्द्रले ३ लाख बराबरको सहयोग गरेको केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । किसानलाई व्यवसायी बनाउने र लोप हुन थालेको रैथाने जातको धानको प्रवर्द्धन गर्ने उद्देश्यले बासमती चामललाई बजारिकरण गरिएको प्रमुख पनेरुले बताए ।

किसानबाट प्रति केजी एक सय ३० रुपैयाँको दरले चामल खरिद गर्ने र प्याकेजिङ्ग गरेर बजारमा प्रति केजी एक सय ४० का दरले बिक्री गर्ने गरेको सहकारी संस्थाका सचिब जयन्त खड्काले जानकारी दिए । 

‘सुरुवाती चरणमै चामलको माग बढेकाले किसानहरु समेत उत्साहित भएका छन्,ु खड्काले भने, ‘एउटै किसानबाट करिब २र३ क्वीन्टरसम्म चामल खरिद भएको छ ।’ भरखरै सुरु गरेको भएपनि चामलको माग धनगढीदेखि काठमाडौंबाट समेत हुन थालेको उनले बताए ।

‘सुरुवाती चरणको काम भएकाले किसानले ओखलमा कुटेर बनाएको चामल ल्याएर सिधै प्याकेजिङ्ग गरिरहेका छौं,ु सचिब खड्काले भने, ‘यो चामल मात्रै पकाउँदा भात गिलो हुने र पचाउनमा समेत केहि समस्या हुने भएकाले अरु चामलमा मिसाएर पकाउँदा मीठो तथा राम्रो बास्ना आउछ ।’

ज्ञान केन्द्रको सहयोगमा यो कार्य सम्भव भएको उनले बताए । केन्द्रबाट प्याकेजिङ्गको सामग्री गरिद गर्ने लगायत प्राविधिक सहयोग भएको उनले जानकारी दिए । अहिले पाँच केजीको प्याकमा मात्रै चामल बजारमा पठाएको छ ।

बासमती चामल बजारमा बिक्री हुन थालेकाले आफू खुसी भएको किसान ध्रुब धानुकले बताए । ‘अबदेखि यो धानको उत्पादन समेत बढाउँछौं,ुधानुकले भने, ‘विगतका वर्षहरुमा थोरै फलाएर आफू खाने र आफन्तलाई बाढ्नमै सिमित थियौं, अब बजारमा बिक्री गर्दा राम्रो आम्दानीको स्रोत भएको छ ।’ 

आफैले फलाएर ओखलमा कुटेको चामलको बजारमा माग हुँदा आफूहरु उत्साहित भएको किसान दुर्गा जोशीले बताइन । डोटीमा यसअघि जोरायल गाउँपालिकामा उत्पादन हुने जोरायले बासमती चामल समेत बजारमा गइसकेको छ । 

जोरायले बासमती चामलको बजार पनि राम्रो रहेको ज्ञान केन्द्रले जनाएको छ । जोरायले बासमती चामल प्रशोधनसहित प्याकेजिङ्ग भएर विगतका वर्षदेखि नै बजारमा उपलब्ध हुन थालेको हो ।

शुक्रबार​ ६ फागुन २०७८ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया