×

इनारमा खसेका बालकको तीन दिनपछि उद्धारकै क्रममा मृत्यु

images

काठमाडौं । अफगानिस्तानमा इनारमा खसेका पाँच वर्षीय बालकको तीन दिनपछि मृत्यु भएको छ ।

राजधानी काबुलबाट करिब ४०० किलोमिटर दक्षिण पश्चिममा रहेको जाबुल प्रान्तको खडेरी ग्रस्त गाउँ शोकाकमा मङ्गलवार हैदर नामका बालक इनारमा खसेका थिए ।

उनलाई बचाउन उद्धारकर्ताहरूले निरन्तर खनेर काम गर्दा गर्दै  शुक्रवार ती बालकको मृत्यु भएको छ ।

तालिबान सञ्चालित अफगानिस्तानको आन्तरिक मन्त्रालयका वरिष्ठ सल्लाहकार अनास हक्कानीले ट्वीट गर्दै हैदर हामीबाट सदाको लागि अलग भएको भन्दै उनको मृत्यु भएको पुष्टि गरेका हुन् ।

यसअघि जाबुल प्रहरी प्रवक्ता जबिउल्लाह जवाहरले उद्धारकर्ता टोलीले इनारको एकातर्फबाट खनेर बालकसम्म पुग्ने कोसिसका बेला चट्टान लागेर अवरोध भइरहेको बताएका थिए ।

चार दिनदेखि इनारमा फसेका मोरक्कन बालकको मृत्यु

केटाको शरीरमा धूलो,माटो खस्न सक्छ भनेर आफूहरूले सावधानीपूर्वक काम गरिरहेको उनले बताएका थिए ।

करिब दुई साताअघि यस्तै घटना मोरक्कोमा समेत घटेको थियो ।  त्यहाँ पनि इनारमा खसेका बालकको उद्धारकै क्रममा मृत्यु भएको थियो ।
 

शुक्रबार​ ६ फागुन २०७८ ०४:२७ PM मा प्रकाशित

प्रतिक्रिया