काठमाडौँ : सैनिक श्रीमती संघले ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ ।
संघले बिहीवार मोरङ विराटनगर महानगरपालिका–८ बलुवाही अशोकचोस्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिका ६१ ज्येष्ठ नागरिक र विराटनगर(५ हरिहर पथस्थित पाणिनी संस्कृत विद्यालय गुरुकुलका २५ विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको हो ।
संघले उनीहरूलाई डस्ना, सिरक, तन्ना, खोलसहित सिरानी तथा खाद्यान्न सामग्री वितरण गरेको नेपाली सेनाले जनाएको छ । सो सहयोग सामग्रीहरू संघ अध्यक्ष सुनिता शर्माले वितरण गरेकी थिइन् ।
प्रतिक्रिया