×

शताब्दीपुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

images

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । सरकारले हिजो (आइतबार) निधन भएका संस्कृतिविद् एवम् शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा भोलि एक दिन सार्वजनिक विदा दिएको हो।  ।

उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने  गृह मन्त्रालयले जनाएको छ ।

आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

 

सोमबार ३१ असोज २०७९ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया