×

वासु शशी स्मृति परिषद्को साधारणसभा सम्पन्न वरिष्ठ कवि कृष्ण जोशीको नाममा पुरस्कार स्थापना  

images

काठमाडौं । वासु शशी स्मृति परिषद्ले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरेको संस्थाको साधारणसभामा संस्थाका निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार कृष्ण जोशीको सम्झनामा "कृष्ण-सरस्वती साहित्य पुरस्कर"को स्थापना गर्‍यो । 

पाँच लाखको अक्षयकोष राखिएको यस "पुरस्कर व्यवस्थापन समिति"को संयोजकमा साहित्यकार राधेश्याम लेकाली, सचिवमा कवि प्रद्युम्न जोशी र सदस्यमा सुमन घिमिरे "वर्षा" रहनु भएको छ । 

यसैगरी समितिको संरक्षकमा श्रीमती सरस्वती जोशी र सहसंरक्षमा कवि सुन्दर जोशी (अमेरिका) रहनु भएको छ । 

नगद पचिस हजार र सम्मानपत्र रहने "कृष्ण-सरस्वती साहित्य पुरस्कर" प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिनेछ । 

संस्थाका अध्यक्ष वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सचिव प्रद्युम्न जोशीले सचिवको प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा साहित्यकारहरु हिरण्यकुमारी पाठक, श्याम प्रधान, राधेश्याम लेकाली, जयदेव भट्टराई, ध्रुब मधिकर्मी, ठाकुर वेलबासे, यादव भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

आइतबार​ ३१ भदौ २०८० ०७:५९ AM मा प्रकाशित

प्रतिक्रिया