×

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याइँदै

images

काठमाडौं। सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले असारसम्म ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप ल्याउन लागेको जानकारी दिए। उनले एचपिभी खोप सुरुमा परीक्षणका रूपमा १५ वर्षसम्मका किशोरीलाई लगाइने जानकारी दिए।

आगामी असारसम्ममा सिकोलिन नामक २० हजार भायल खोप भित्रिने छ । सुरुमा थोरै भायल भएकोले परिवार कल्याण महाशाखाको निर्णय अनुसार उक्त खोप वितरण हुने छ । परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा अभियान गौतमले २० हजार भायल एचपिभी खोप ल्याउनका लागि सम्झौता भइसकेको जानकारी दिँदै कुन कुन जिल्लामा खोप लैजाने भन्ने निर्णय भइनसकेको बताए।

यो खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मान्यता प्रदान गरेको खोप हो । नेपालमा अहिले यसको मूल्य प्रतिएक भायलको छ हजार २४० रुपैयाँ तोकिएको छ । गोरखापत्र दैनिकबाट

बुधबार ३ जेठ २०८० ०८:११ AM मा प्रकाशित

प्रतिक्रिया