×

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

images


काठमाडौं । इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति एसी मिलानलाई १-० ले हराउँदै समग्रमा ३-० को जितसहित इन्टर फाइनल पुगेको हो ।

पहिलो लेगमा इन्टरले २-० को जित निकालेको थियो ।दोस्रो लेगमा इन्टरलाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे ।

मार्टिनेजले खेलको ७४ औं मिनेटमा गोल गरेका हुन् ।इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।

यस अघि इन्टरले २०१० मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।अब इन्टरले उपाधिका लागि म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ । एजेन्सी

बुधबार ३ जेठ २०८० ०९:५६ AM मा प्रकाशित

प्रतिक्रिया