×

प्रचण्ड, भट्टराई र यादवबीच भेट, ‘सामान्य गफगाफ’ मात्रै भयाे

images

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग जसपा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आज आइतवार भेटवार्ता गर्नुभएको हो । सिंहदरबारमा रहेकाे माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो । नेताहरूले बिहान पाैने १२ देखि सवा २० बजेसम्म सामूहिक छलफल गर्नुभएको थियो । छलफलपछि नेताहरू सिंहदरबारबाट सँगसँगै बाहिरिनुभएको थियो । 

भेटपछि न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताउनुभयो ।

वैशाख ३० गते हुने पालिका चुनावमा सत्तारुढ दलहरूले गठबन्धन गरेर जाने निर्णय गरेको भए पनि कतिपय पालिकामा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन । गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलबाजीहरू भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आबद्ध अर्को दल नेकपा (एकीकृत समाजवादी) को अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो । 

आइतबार​ ४ बैशाख २०७९ ०३:५८ PM मा प्रकाशित

प्रतिक्रिया