काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ। महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेमाथिका ती कसुर संशोधन गर्ने निर्णय गरेकी थिईन् ।
उक्त निर्णयविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आभाष रेग्मी र युवराज सफलले रिट दायर गरेकोमा आइतबारबाट सुनुवाई सुुरु भएको हो । न्यायाधीशहरु शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ जारी रहेकोमा आज हेर्दाहेर्दैमा राखिएको छ ।
प्रतिक्रिया