×

गृह मन्त्रालय लिएर सरकारमा जान्छौं : उपाध्यक्ष पाण्डे

images

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा सहभागी हुँदा आफूहरूले रोजेकै मन्त्रालय लिने बताएका छन्। उपराष्ट्रपति निर्वाचनपछि सञ्चारर्मीलाई प्रतिक्रिया दिँदै उनले अब रोज्ने पालो आफूहरूको भएको बताए।

उनले भने, ‘अहिलेसम्म पार्टीमा कसले नेतृत्व गर्ने र कति मन्त्रालय लिने भन्नेबारेमा खास छलफल भएको छैन । तर, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नघट्ने गरी दाबी गर्छ । राष्ट्रपति कांग्रेसले, उपराष्ट्रपति जसपाले, माओवादीले प्रधानमन्त्री रोज्यो । अहिलेको समीकरणभित्रको चौथो ठूलो दल भएकाले पहिलो प्राथमिकता हामीले गृहलाई नै दिन्छौं ।’ 

नेकपा एसको प्राथमिकतामा गृह मन्त्रालय रहेको उनले बताए। कम्तिमा तीन मन्त्रालयमा आफूहरूले दाबी गर्ने उनको भनाइ थियो। यद्यपि ककसलाई सरकारमा पठाउने, कसको नेतृत्वमा जाने भनेर पार्टीमा कुनै छलफल नभएको पाण्डेले जानकारी दिए । 

उनले पार्टीबाट गृहमन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने आफू नै जाने भन्ने चर्चा स्वाभाविक भएको बताए । उनले अब लगभग दुई बर्षपछि पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री भएर डेढ वर्ष चलाउने दाबी गरे । तर रोजेकोसहित कम्तिमा तीन मन्त्रालय आफूहरूले लिने, यसमा गठबन्धनबाट पनि धोका नहुने उनको भनाइ थियो।

शुक्रबार​ ३ चैत २०७९ ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया