काठमाण्डौं । नक्कली नोटको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला रामेछाप खाँडा देवी गा.पा.वडा नं. ८ घर भई हाल का.जि.
माकलबारी बस्ने वर्ष ३४ को छिरिङ लामा र जिल्ला दोलखा भिमेश्वर न.पा.वडा नं. ७ घर भई हाल का.जि. सतुङगल बस्ने वर्ष २४ को सुरेन्द्र कार्की रहेका छन् ।
काठमाडौंको कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सुचनाका आधारमा कालोपुलबाट खोटा (नक्कली) जस्तो
देखिने रु १०००।– दरको नेपाली नोट थान–६३६ जम्मा छ लाख छत्तीस हजार (रु ६,३६,०००।–) र नोटको साईजमा काटेको कागजको बण्डल थान–९ सहित पक्राउ गरेको
छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
प्रतिक्रिया