×

कांग्रेसमा एक पटक पराजित व्यक्ति माथिल्लाे तहमा उम्मेदवार हुन नपाउने

images

काठमाडौँ ।  नेपाली कांग्रेसको एउटा तहमा पराजित व्यक्ति माथिल्लाे तहको अधिवेशनमा उम्मेदवार हुन नपाउने भएको छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले एक तहमा उम्मेदवार भएर पराजित भएकाहरु सोही अवधिमा भइरहेको अर्को तहको अधिवेशनमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको हो । 

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ५९ को व्यवस्था र सिद्धान्तलाई आत्मसाथ गर्दै कुनै पनि तहको निर्वाचनमा पदाधिकारी तथा सदस्यमा उम्मेदवार भएर पराजित भएको व्यक्ति अर्को तहमा उम्मेदवार हुन नपाउने निर्णय गरेको समितिले जनाएको छ ।

तर महाधिवेशन प्रतिनिधिको उम्मेदवार भइ पराजित भएको क्षेत्रीय प्रतिनिधले एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवारी दिन पाइनेछ । 

 

बिहीबार ५ फागुन २०७८ ०३:२० PM मा प्रकाशित

प्रतिक्रिया