×

चेलाहरुले ढोका लगाएपछि गुरुहरु सडकमा

images

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय टियुका प्राध्यापकहरूले तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा लगाएको तालाबन्दी हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले ‘तालाबन्दी समाधान होइन,समस्या हो १’, ‘विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ’, ‘अब त अत्ति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म’, ‘विश्वविद्यालय सुधारका लागि एकजुट होऔं’, लेखिएका प्लेकार्ड देखाएका थिए ।


प्राध्यापकहरुले विश्वविद्यालयको रजिस्ट्रार कार्यालयअघि १५ मीनेट शान्तिपूर्ण धर्नासमेत दिए । सो क्रममा उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनु पर्ने र विभिन्न विद्यार्थी संगठनहरुले आफ्नो आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने समस्या कहिल्यै समाधान नहुने बताए ।

नेविसंघले विगत लामो समययता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ । तालाबन्दीको आज दुई सय दिन बितिसकेको छ ।

बिहीबार ५ फागुन २०७८ ०५:०५ PM मा प्रकाशित

प्रतिक्रिया