×

आगलागी पीडितलाई कोरियाका नेपालीको सहयोग

images

काठमाडौं  : खोटाङको एक अग्नि पीडित परिवारलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका २ का अग्निपीडित जसबहादुर राईको परिवारलाई सहयोग गरिएको हो ।

राईको परिवारलाई कोरियामा कार्यरत युबक निराहाङखिम, समाजसेवी नवदुर्गा राई र पर्वत समाज संघ तथा नेपाल ललितकला मञ्च दक्षिण कोरियाका महासचिव नवीन उपाध्यायको पहलमा आर्थिक सहयोग गरिएको हो । 

अभियन्ता निराहाङखिमका अनुसार कोरियामा कार्यरत नेपालीले १ लाख २३ हजार ८९३ रुपैयाँ सहयोग गरेका हुन् । सो रकम वडाध्यक्ष गणेश विष्ट, समाजसेवी मस्तहाङ राईलगायतको हातबाट प्रदान गरिएको थियो । 

‘तत्कालै थुप्रै साथीहरूले सहयोग गरिसक्नुभएको छ । त्यसका लागि धन्यवाद भन्न चाहन्छु,ुवडाध्यक्ष विष्टले भने, ‘वडाले राहतका लागि सिफारिस गरिसकेको छ, चाँडै प्राप्त हुनेछ ।’ त्यस्तै समाजसेवी मस्तहाङ राईले पीडित परिवार र सिङ्गो वडाको तर्फबाट सहयोगीहरूलाई धन्यवाद दिए ।

तीन साताअघि लागेको आगोबाट राईको दुईवटा घर र एउटा कटेरो जलेका थिए । घरमा रहेका लत्ताकपडा, अन्न, कागजातलगायत सबै जलेर नष्ट भएको पीडित राईले जानकारी दिए । 

बिहीबार ५ फागुन २०७८ ०४:३३ PM मा प्रकाशित

प्रतिक्रिया