काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १३ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो। शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया