×
images

नेपालको पर्यटन क्षेत्र नाफामा

काठमाण्डौँ।  नेपालबाट विदेश घुम्न जानेहरु भन्दा नेपाल आउने पर्यटकले गर्ने खर्च बढी हुँदा पर्यटन क्षेत्र नाफामा देखिएको छ ।

नेपालले कात्तिक मसान्तसम्म विदेशी पर्यटकबाट १७ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आव २०७८र७९ को तुलनामा १३७ प्रतिशत धेरै हो । सो आवमा यस अवधिमा मात्र ७ अर्ब ५८ करोड रुपैयाँ आम्दानी भएको थियो ।

समीक्षा अवधिमा भ्रमण व्यय भने ३३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । जसमा शिक्षामा २२ अर्ब ६१ करोड विदेशिएको छ । यसअनुसार १० अर्ब ४५ करोड रुपैयाँ भने नेपालीले विदेश घुमफिरमा खर्च गरेका छन् ।

अघिल्लो आवको यसै अवधिमा भ्रमण व्यय २० अर्ब १९ करोड रुपैयाँ थियो । जसमा शिक्षाका लागि विदेशिएको रकम १० अर्ब ७० करोड थियो । अर्थात सो आवको चार महिनामा भ्रमणमा विदेशिने रकम ९ अर्ब ४९ करोड रहेको थियो ।

शुक्रबार​ १ पुस २०७९ ०६:०० PM मा प्रकाशित

प्रतिक्रिया