×

महाभारतका 'कर्ण' को निधन

images

काठमाडौँ । भारतका चर्चित फिल्म निर्माता बीआर चोपडाले बनाएको 'महाभारत' मा कर्णको भूमिका निभाएका अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा निधन भएको छ । पंकजको बुधबार मुम्बईमा निधन भएको हो ।

मिडिया रिपोर्टका अनुसार, पंकज धीर लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । उनले पहिले क्यान्सरलाई जितेका थिए, तर केही समयपछि यो फेरि फर्किएको थियो ।

महाभारतमा कृष्णको भूमिका निर्वाह गर्ने अभिनेता नितीश भारद्वाजले एक पोस्टमा आफ्नो शोक व्यक्त गरेका छन् । पंकज धीरको फोटो सेयर गर्दै उनले लेखेका छन्- 'एक दिन हामी सबैले यो संसार छोडेर जानुपर्छ, तर अझ महत्त्वपूर्ण कुरा के हो भने हामीले यस्तो जीवन बिताउनु पर्छ जहाँ संसारले हामीलाई प्रेम र सम्मानका साथ सम्झोस् । 'महाभारत' टोलीले अर्को बहुमूल्य रत्न गुमाएको छ, एक संवेदनशील, बलियो व्यक्तित्व, हास्यको उत्कृष्ट भावना र सुनको हृदय भएको कलाकार । भारतीय साहित्यिक सम्पदाको पहिलो 'क्रोधित युवा' अब हामीसँग छैन । हामी भगवानसँग प्रार्थना गर्छौं, उनको आत्माले मुक्ति र अनन्त शान्ति प्राप्त गरोस् ।'

धीरले सनम बेवफा, बादशाह जस्ता फिल्मदेखि चन्द्रकान्त र ससुराल सिमरका जस्ता टिभी सिरियलमा समेत काम गरेका थिए । उनले अभिनय एकेडेमी पनि स्थापना गरेका छन् ।

 

बिहीबार ३० असोज २०८२ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया