×

असोजका लागि पनि घट्यो ब्याजदर, कुन बैंकले कती दिन्छ ब्याज ?

images

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जायोग्य लगानी बढ्दै गएपछि बैंकहरुले धमाधम निक्षेपको ब्याजद घटाउन थालेका छन्।

भदौ महिनामै निक्षेपको दर घटाएका बैंकहरुले असोज महिनाका लागि पनि ब्याज घटाएका हुन्। जसमा ९ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउँदा ९ वाणिज्य बैंकहरुले भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी दुई वाणिज्य बैंकहरुले भने ब्याज बढाएका हुन्।

बैंकिङ प्रणालीमा अधिक तरलता हुनु र कर्जाको माग न्यून हुँदा अधिकांश बैंकले ब्याजदर घटाइ रहेका छन् । केहीले भने स्थिर राखेका छन् ।

कुनै समयमा ब्याजदर बढाउन हुने गरेको प्रतिस्पर्धा अहिले घटाउनेतर्फ बढी रहेको छ । ब्याजदर घट्दा कर्जा लिनेलाई राहत मिलेको छ । यता मुद्दती निक्षेपमा राखेर ब्याज खानेहरुलाई भने घाटा नै रहेको छ ।

असोजका लागि ब्याजदर घटाउने बैंकहरु सिटिजन्स बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंक रहेका छन् । ब्याजदर स्थिर राख्ने बैंकहरु ग्लोबल आइएमई, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, सिद्धार्थ र स्टयान्डर्ड चार्टर्ड रहेका छन् ।

कुन बैंकको ब्याजदर कति ? 

सोमबार ३१ भदौ २०८१ १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया